आइतबार, साउन २४, २०८३

बढ्यो कर्मचारीको तलब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल सरकारको  विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको सुरु तलबमानमा २० प्रतिशतसम्म वृद्धि गरेका हुन्। उनका अनुसार आगामी साउनदेखि लागू हुने गरी राजपत्र अनङ्कित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राङ्कितको १८ प्रतिशतले वृद्धि गरिएको छ। 

कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब वृद्धि भएको हो। सरकारले तीन वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो। यसअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेका सरकारकोतर्फबाट तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विसं २०७३ मा कर्मचारीको तलब वृद्धि गरेका थिए।

सरकारले महङ्गीभत्ता, पोशाक सुविधा र जीवन बीमालाई भने यथावत राखेको छ। यसबाट कर्मचारीको मनोबल उच्च भई पेशागत निष्ठा बलियो हुँदै सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको मन्त्री खतिवडाले जानकारी गराए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।