काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ चौथो पीएचडी पाएका छन्। कोरियाको काङनाम विश्वविद्यालयले ओलीलाई मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको हो।
बुधबार विश्विद्यालयलका पे्रसिडेन्ट डा.शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेको हो। नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै ओलीलाई उक्त विश्वविद्यालयले सो उपाधी प्रदान गरेको जनाइएको छ।
ओलीले उपाधी ग्रहण गर्ने क्रममा आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको बताए।
यसअघि ओलीलाई तीनवटा पीएचडीको उपाधी दिइसकिएको छ।
कोस्टारिकाको शान्ति विश्वविद्यालय, भारतको बल्लभ पंत कृषि विश्वविद्यालय र अमेरिकी विश्वविद्यालय भनिएको ग्रिनफोर्डले ओलीलाई पीएचडीको उपाधी दिएको थियो। जसमध्ये अमेरिकी विश्व विद्यालय नै फर्जी ठहर भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४