आइतबार, साउन २४, २०८३

कर्मचारीको तलव २० देखि २५ प्रतिशतले बढ्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- कर्मचारीको तलव भत्ता २० देखि २५ प्रतिशतले बढ्ने भएको छ । आज सार्वजनिक हुने बजेटमार्फत अर्थमन्त्री युवराज खतिवडाले कम्तिमा २० प्रतिशत तलव बढाउने संकेत गरेका छन् ।
 
तीन बर्षयता सरकारी कर्मचारीहरुको तलव बढेको छैन । कर्मचारीहरुको तलव बढाएर मनोवल उच्च बनाउन भन्दै टे«ड युनियनहरुले दबाब दिएका थिए । ट्रेड युनियनकै दबाबअनुसार अर्थमन्त्री खतिवडाले कम्तीमा १५ देखि २५ प्रतिशतसम्म तलव वृद्धि गर्ने तयारी गरेका छन् । 

वार्षिक रुपमा भइराखेको मुल्यवृद्धिका कारण अहिले पाउदै आएका सेवा सुविधाले घरखर्च धान्न नै मुस्किल परेको भन्दै सरकारी कर्मचारीहरुले अर्थमन्त्रीसँग गुनासो गर्दै आएका थिए ।  गतवर्ष तलव भत्ता वृद्धि नगरेको भन्दै अर्थमन्त्री .खतिवडाको कर्मचारीले आलोचना गरेका थिए । 

त्यसैगरी आगामी आर्थिक वर्षको बजेटबाट सांसदलाई दिइने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, र सामाजिक सुरक्षा भत्ताको रकम पनि वृद्धि हुने भएको छ । सांसदहरुले प्रति निर्वाचन क्षेत्र १० करोडको माग गरेका छन् तर कम्तीमा पनि ७ करोडको व्यवस्थापन गर्ने प्रधानमन्त्री निकट पूर्वमन्त्री महेश बस्नेतले दाबी गर्दै आएका थिए । 

त्यस्तै सरकारले वृद्धभत्ता समेत बढाउने तयारी गरेको छ । पाँचसयदेखि एक हजार रुपैयाँसम्म भत्ता बढाउने तयारी गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । चुनावी घोषणा पत्रमा वाम गठबन्धले वृद्धभत्ता ५ हजार पुर्याउने बाचा गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।