एजेन्सी- स्टार स्ट्राइकर नेयमारले घरेलु मैदानमा आयोजना हुने कोपा अमेरिकामा आफ्नो राष्ट्रिय टोलीको कप्तानी नगर्ने भएका छन् । उनको स्थानमा डानीयल अलाभेसलाई कप्तानी दिएपछि नेयरमाले ब्राजिलियन टोलीको कप्तानी नगर्ने भएका हुन् ।
२७ वर्षीय नेयमारलाई ८ महिना अघी ब्राजिलियन फुटबल फेडेरेसनले राष्ट्रिय टोलीको कप्तानीको जिम्मा दिएको थियो । तर, हाल उनको स्थानमा अलाभेसलाई कप्तानीको जिम्मा दिएको छ ।
डानियललाई कतार र होन्डुसरसँगको मैत्रिपूर्ण खेल तथा घरेलु मैदानमा आयोजना हुने कोपा अमेरीकाका लागि कप्तानीको जिम्मा दिइएको छ ब्राजिलियन फुटबल फेडेरेसनले जनाएको छ । ३६ वर्षीय डिफेन्डर डानियलले राष्ट्रिय टोलीका लागि १०७ खेल खेलेका छन् ।
उनले चार पटक ब्राजिलको कप्तानी सम्हालेका छन् । उनले पछिल्लो पटक मार्च २०१८ मा र्जमनीविरुद्ध भएको खेललमा कप्तानी सम्हालेका थिए । उक्त खेलमा ब्राजिल जर्मनीसँग १-० ले विजयी भएको थियो ।
ब्राजिलले १२ वर्ष पछि आफ्नो घरेलु मैदानमा कोपा अमेरिकाको आयोजना गर्दै छ । प्रतियोगिताका खेलहरु जुन १४ देखी जुलाई ७ सम्म ब्राजिलका विभिन्न सिहरहरुमा आयोजना हने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४