आइतबार, साउन २४, २०८३

सिंहानिया हत्या प्रकरण : १० वर्षपछि मुद्दाको सुनवाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्या घटनामा जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको छ। सिंहानियाको हत्या भएको झण्डै दश वर्षपछि मंगलबारदेखि जिल्ला अदालतको एक नम्बर इजलासमा सुनवाइ सुरु भएको हो।

सञ्चार उद्यमी सिंहानीयाको २०६६ फागुण १७ गते जनकपुरको शिवचोकमा गोली प्रहार गरी होलीको दिन हत्या भएकोे थियो। आफन्तको घरबाट होली खेलेर बाहिर निस्केका सिंहानियामाथि गोली प्रहार गरेर हत्या गरिएको थियो।

सिंहानिया हत्याका मुख्य योजनाकार पूर्वराज्यमन्त्री संजय साहलाई बनाइएको छ। नेपाल सरकारका अनुसन्धान अधिकारीद्वारा गरिएको अनुसन्धानबाट देखिएका अभियुक्तहरु मध्ये सिंहानीया हत्या घटनाका प्रमुख योजनाकारको रुपमा निलम्बित सांसद साह रहेको दाबी गरिएको छ।

घटनामा संलग्न भनिएका चनरदिप यादवले प्रहरीसमक्ष र सुटर भनिएका मनक लामाले अदालतमा साहको योजनामा घटना घटाइएको वयान दिएका थिए। घटनाका अभियुक्तहरु चनरदीप यादव, रामविनोद यादव, मनक लामा लगातयका व्यक्तिहरु पूर्पक्षका लागि कारागारमा छन्। थुनछेक बहसको क्रममा साहले भनेपछि आफूले सिंहानियामाथि गोली चलाएको लामाले अदालतमा बयान दिएका थिए।

यद्यपी साहले भने सिंहानिया हत्यामा आफ्नो कुनै सरोकार नरहेको र जबरजस्ती फसाउन खोजिएको भन्दै अदालतमा बयान दिएका थिए।

घटनाका प्रमुख योजनाकार भनिएका पूर्वराज्यमन्त्री साहलाई जनकपुर बमकाण्डमा समेत संलग्न रहेको भन्दै जिल्ला अदालत धनुषाले केही दिनअघिमात्र जन्मकैदको सजाय सुनाएको छ। तत्कालीन सद्भावना पार्टीबाट निर्वाचित भएका साहको नाम जनकपुर बमकाण्डमा मुछिएपछि उनी काठमाडौंबाट भारत फरार भएका थिए। प्रहरीले उनलाई दिल्लीबाट पक्राउ गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।