आइतबार, साउन २४, २०८३

तीन वर्षभित्र फास्टट्रयाक सञ्चालनमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौं–तराई मधेश द्रुत मार्ग तीन वर्षभित्र तयार हुने नेपाली सेनाले जनाएको छ। निर्माणको जिम्मा पाएको नेपाली सेनाले २०७९ सम्म फास्टट्रयाक सञ्चालनमा आउने संसदलाई जानकारी दिएको छ।

मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सेनाका तर्फबाट परियोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले फास्टट्रयाकको काम तीब्र गतीमा भइरहेकोले तीन वर्षभित्रै सकिने दाबी गरे।

‘आयोजनाको काम समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्रताका साथ अगाडि बढाइएको छ।’ उनले भने,‘पुल निर्माणको काम भइरहेको छ। सुरुङ्ग निर्माण गर्नुपर्ने क्षेत्रमा रुख कटानी हुँदैछ।’

योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विनै काम सुरु भएपछि आलोचना भएको थियो। सेनाले डीपीआर तयार भएको जानकारी दिदै स्वीकृतिका लागि प्रधानमन्त्री कार्यालयमा पेस गरिएको छ।

अधिग्रहण गर्न बाँकी जग्गा पनि अधिग्रहण भइरहेको खाँडले जनाए। यसैबीच, समितिले डीपीआर तत्कालै स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।