आइतबार, साउन २४, २०८३

साठी प्रतिशत नागरिक सहरमा बस्न थाले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चालू आर्थिक वर्षको फागुनसम्ममा नगर क्षेत्र (सहर) मा बसोबास गर्नेको सङ्ख्या कूल जनसङ्ख्याको ५९ दशमलव नौ प्रतिशत पुगेको छ । 

सङ्घीय संसद्मा सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार सरकारले पछिल्लो समय घोषणा गरेका २९३ नगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सो जनसङ्ख्या बसोबास गर्दै आएको छ ।   

चालू आवमा आवाससम्बन्धी दुई कार्यविधि स्वीकृति भएर कार्यान्वयनको  चरणमा छन् । ‘सुरक्षित नागरिक आवास कार्यविधि, २०७५’ र ‘जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५’ कार्यान्वयनमा आएको छ । सरकारले जनता आवास कार्यक्रम प्रदेशबाट कार्यान्वयन गर्ने गरेर हस्तान्तरण गरिसकेको सर्वेक्षणमा उल्लेख छ । 

राजधानीका नदीमा ढल

काठमाडौँ उपत्यकामा रहेका विभिन्न नदीमा सात किमी ढल बनेको छ । सर्वेक्षणअनुसार उपत्यकामा बागमती, विष्णुमती, रुद्रमती, इच्छुमती, मनोहरा, हनुमन्ते, मनोहरालगायत नदीमा ढल निर्माण भएको हो । 

पाँच दशमलव पाँच किलोमिटरमा नदी नियन्त्रणको काम सम्पन्न भएको छ । सुन्दरीजल क्षेत्रभन्दा पाँच किलोमिटरमाथि धाप ड्यामको निर्माण ४५ प्रतिशत र गोकर्णदेखि सिनामङ्गलसम्म ६७ प्रतिशत सौन्दर्य अभिवृद्धि गरिएको छ । 

नदी क्षेत्र सुन्दर बनाउन नदी किनारका दायाँबायाँ वृक्षारोपण, हरियाली उद्यान, खेलकूद मैदान र साइकल मार्ग निर्माण भइरहेको छ । चालू आवको फागुनसम्ममा ‘सघन शहरी विकास कार्यक्रम’अन्तर्गत तराईका २० नगरपालिकामा १२१ किलोमिटर सडक, २१६ किलोमिटर नाला र चार बसपार्कको निर्माण सम्पन्न भएको छ । 

देशका विभिन्न प्रदेशहरुमा ढलसँगै सडक निर्माण र सुधार, सडक ड्रेनको निर्माण भएको छ । विभिन्न स्थानमा खानेपानी पुनःस्थापनाको काम भएको बताइएको छ ।

गत फागुन मसान्तसम्ममा नै नौ सरकारी कार्यालय र दुई सभागृह बनेको सर्वेक्षणमा उल्लेख छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।