आइतबार, साउन २४, २०८३

होटलको कोठामा एक युवक मृत भेटिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - धनगढी बसपार्कको एक होटलमा युवकको नग्न अवस्थामा शव फेला परेको छ। उपमहानगरपालिकाको वडा नम्वर ४ बसपार्कस्थित श्रीपाल होटलको कोठा नम्वर १०५ मा धनगढी तारानगरका आदर्श भट्टको शव फेला परेको हो।

उनीसँगै रहेका धनगढीका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उत्तरवेहडीका यसपाल मल्ल र प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। दुबै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ। शंकास्पद अवस्थामा शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।