आइतबार, साउन २४, २०८३

जीडीपीमा कुन प्रदेशको कति योगदान ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा सबैभन्दा बढी प्रदेश ३ को योगदान रहेको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम योगदान रहेको छ। 

आर्थिक सर्वेक्षण २०७६ अनुसार प्रदेश ३ ले कुल ग्राहस्थ  उत्पादनमा ४१.४ प्रतिशत योगदान गरेको छ भने कर्णाली प्रदेशले जम्मा ४ प्रतिशत मात्र योगदान गरेको छ। त्यसैगरी प्रदेश नम्बर १ ले कुल ग्राहस्थ  उत्पादनमा १५ प्रतिशत, प्रदेश २ ले १३ प्रतिशत, सुदूरपश्चिमले ६ प्रतिशत र प्रदेश ५ ले १३ प्रतिशत योगदान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। 

स्रोत र साधनको सिमितता र भएका स्रोत र साधनको व्यापक उपयोग गर्न नसक्दा पर्याप्त मात्रामा प्रदेशहरुले कुल ग्राहस्थ  उत्पादनमा योगदान गर्न सकेनन्। 
  
प्रदेशगत आर्थिक बृद्धि

चालु आर्थिक वर्षमा संघीयता पूर्ण कार्यान्वयनको पहिलो बजेट मार्फत समन्यायिक र सन्तुलित विकासको अवधारणा ल्याए अनुरुप त्यसको सकारात्मक प्रभाव प्रदेशगत आर्थिक बृद्धिमा देखिएको छ। 

चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ६.८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरिरहँदा प्रदेशगत रुपमा सबैभन्दा बढी प्रदेश नम्बर ५ को आर्थिक बृद्धिदर ७.१ प्रतिशत हुने आर्थिक सर्वेक्षणले जनाएको छ। त्यसैगरी सबैभन्दा कम आर्थिक बृद्धि कर्णाली प्रदेशको ६.८ प्रतिशत हुने अनुमान गरिएको छ।
 
त्यसैगरी आर्थिक बृद्धिमा प्रदेश नं. १, प्रदेश नं.२ र सुदूरपश्चिमको लगभग समान रहेको छ। यी प्रदेशहरुको आर्थिक बृद्धिदर ६.५ को हाराहारीमा रहने अनुमान गरिएको छ। त्यस्तै प्रदेश ३ को आर्थिक बृद्धि ७ र गन्डकी प्रदेशको आर्थिक बृद्धि ७.१ प्रतिशत रहने अनुमान पनि केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। 

प्रदेशगत गरिबीको रेखामुनी रहेको जनसंख्या

सबैभन्दा बढी सुदूरपश्चिमको ३३.९  र सबैभन्दा कम प्रदेश १ को १२.४ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको तथ्यांक आर्थिक सर्वेक्षणले देखाएको छ। त्यस्तैगरी प्रदेश नं.२ को १९.८, प्रदेश नं. ३ को १५.३, गन्डकीको १५.५ प्रदेश न. ५ को १८.२ र कर्णालीको २८.९ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेका छन्।
 
उद्योग दर्तामा 

नेपालभर चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ७ हजार ८३२ उद्योग दर्ता भएकोमा सबैभन्दा बढी प्रदेश नं. ३ मा ५ हजार २९८ र सबैभन्दा कम कर्णाली प्रदेशमा ३९ वटा उद्योगमात्र दर्ता भएको छ। 

त्यसैगरी प्रदेश न. १ मा  ७१४, प्रदेश २ मा ५२२, गण्डकी प्रदेशमा ५५६, प्रदेश ५ मा ५८८ , कर्णालीमा ३९ र सुदूरपश्चिम प्रदेशमा ११५ वटा उद्योगहरु दर्ता भएका छन्। 

जलविद्युतमा 

चालु आर्थिक वर्षको फागुनसम्ममा जम्मा एक हजार ७४.१ मेगावाट विद्युत उत्पादन भएकोमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ४८१ मेगावाट विद्युत उत्पादन भएको छ। त्यस्तै प्रदेश १ मा १६२.३ , प्रदेश २ मा  विद्युत उत्पादन नै भएको छैन भने प्रदेश ३ मा ३६२.२, गन्डकीमा ४८१.२, प्रदेश ५ मा २१.२, कर्णालीमा ७.१ र सुदूरपश्चिममा ४०.१ मेगावाट विद्युत उत्पादन भएको आर्थिक सर्वेक्षणमा जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।