आइतबार, साउन २४, २०८३

सेना हत्याको आरोपमा एक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेपाली सेनाका जवानलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीका मंगला भनिने मंगल साह रहेका प्रहरीले जनाएको छ।

सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा एक महिने घर बिदामा आएका एक सैनिकलाई कुटपिट गरेको आरोपमा साहलाई पक्राउ गरिएको हो। 

गाउँलेको कुटपिटबाट घाइते भएका छिमेकी गाउँ सोहपुरका २५ वर्षीय सैनिक जवान अनिशकुमार सिंहको जेठ २ गते काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

कुटपिटबाट मृत्यु भएपछि अनिशका बुबा नरेन्द्र सिंहले घरबाट अपहरण गरी आफ्नो छोराको हत्या गरिएको भन्दै २५ जनाभन्दा बढीमाथि किटानी जाहेरी दिएका थिए।

तेनुवापट्टीका विलेक्षण यादवको घरमा चोरी गरेको आरोप लगाउँदै स्थानीयहरुले बिजुलीको पोलमा हातखुट्टा बाँधेर अनिशलाई निर्घात कुटपिट गरेका थिए। विलेक्षण यादव घरमा ताल्चा लगाएर फरार रहेको प्रहरीले जनाएको छ। सैनिक जवान अनिशको मृत्यु भएलगत्तै गाउँका अधिकांश युवा तथा पुरुषहरु फरार भएका छन्।

यता तेनुवापट्टीका स्थानीयले भने अनिशसहितका युवा चोरी गर्न आएको भन्दै कुटपिट गरी इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। घटनाका फरार अन्य अभियुक्तहरुको खोजी भइरहेको सिरहाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।