आइतबार, साउन २४, २०८३

'विप्लवले हिंसा जारी राखे सरकार कडा बन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहमाथिको प्रतिबन्ध हट्नै नसक्ने बताएका छन्। संघीय संसदमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै मन्त्री बाँस्कोटाले विप्लव समूहको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने बताए।

उनले हिंसा त्यागेर विप्लव समूहलाई शान्तिपूर्ण वार्तामा आउन आग्रहसमेत गरे। 'हिंसा त्याग्ने संकल्प गरे विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार छ।', उनले भने। मन्त्री बाँस्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार भने कुनै पनि हालतमा पछि नहट्ने उनले चेतावनी दिए। 

‘विप्लव समूहले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि हट्दैन',  बाँस्कोटाले भने, 'मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व सरकारको भएकाले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्नुको विकल्प छैन।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।