आइतबार, साउन २४, २०८३

घुससहित नायव सुब्बा पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुर झापाका नायव सुब्बा राजकुमार धिमाल घुस रकमसहित पक्राउ परेका छन्। तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले धिमाललाई पैंतिस हजार घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो। 

उक्त कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको अख्तियारले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।