आइतबार, साउन २४, २०८३

जनकपुरमा रात्रिकालीन उडानको सफल परीक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - जनकपुर विमानस्थलमा रात्रिकालीन उडानको सफल परीक्षण गरिएको छ। निजी विमान कम्पनी बुद्ध एयरलाइन्सले जनकपुर विमानस्थलमा पहिलो पटक आइतबार साँझ रात्रिकालीन उडान परीक्षण गरेको हो।

धावनमार्गमा रात्रिकालीन उडानका लागि आवश्यक पर्ने बत्तीहरु जडान भइसकेपछि पहिलोपटक गरिएको परीक्षण उडान सफल रहेको बताइएको छ।

उडान परीक्षणका लागि नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा, प्राधिकरणकै इलेक्ट्रो मेकानिकल विभागका निर्देशक कुलप्रसाद सिम्खडालगायतका अधिकारीहरु जनकपुर पुगेका थिए।

रात्रिकालीन उडानको परीक्षण सफल भएको इलेक्ट्रो मेकानिकल विभागका निर्देशक थापाले बताएका छन्। उनले रात्रिकालीन उडानका लागि अतिआवश्यक ‘लाइटिङ सिस्टम’ परीक्षण गरिएको जानकारी दिए।

दुई महिनाअगाडि काम सम्पत्र भए पनि पहिलो पटक रात्रिकालीन उडान परीक्षण सफल भएको र यहाँ पुगेका टोलीहरुले आफ्नो प्रतिवेदन बुझाइसक्ने थापाले बताए। परीक्षण उडानका लागि सहभागी प्राधिकरणका टोलीले प्रतिवेदन बुझाएलगत्तै जनकपुर विमानस्थलबाट रात्रिकालीन उडान हुनसक्ने उनले बताएका छन्।

रात्रिकालीन उडानका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पूरा भइसकेपनि वरिपरि रहेका रुखहरु समस्याको रुपमा देखिएको थियो। रात्रिकालीन उडानकै लागि विमानस्थल वरिपर रहेका झन्डै चार सय रुख काटेर हटाइएको छ।

बुद्ध एयरका जनकपुर प्रमुख विजयप्रसाद सिंहले रात्रिकालीन उडान सुरु भइसकेपछि जनकपुर–काठमाडौंको भाडासमेत कम हुनसक्ने बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।