आइतबार, साउन २४, २०८३

एक नेपालीलाई ३३ हजार ऋण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - एकजना नेपाली ३३ हजार २७८ रुपैयाँ ऋणको बोझ खप्न बाध्य छन्। अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रुपैयाँ छ। जसमध्ये ३ खर्ब ८३ अर्ब आन्तरिक र पाँच खर्ब ९५ अर्ब वैदेशिक ऋण छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०७६ पेस गर्दै यो तथ्यांक सार्वजनिक गरेका हुन्। केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या दुई करोड ९३ लाख छ। अर्थमन्त्री डा. खतिवडाले पछिल्लो समयमा आन्तरिक बचत बढ्दै गएको दाबी गरे। उनले धेरै दशकपछि कुल बचत कुल गार्हस्थ उत्पादनको २० प्रतिशत विन्दु नाघेको बताए। यो बचत सरकारको मुख्य उपलब्धिका रूपमा रहेको उनको भनाइ छ। उनले यति बचतले राज्यको नीति निर्माणमा उल्लेख्य योगदान पुगेको बताए।

मन्त्रालयका अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब पुगेको छ। यस्तै शोधनान्तर स्थिति ५९ अर्ब घाटामा छ। डलरको भाउ बढेका कारण रेमिट्यान्स २३.४ प्रतिशत वृद्धि भएर ५ खर्ब ८२ अर्ब पुगेको छ। तर वैदेशिक रोजगारीमा जानेको संख्यामा भने ३५.९ प्रतिशत घटेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।