आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद्‍मा गृहमन्त्रीको खुलासा- 'विप्लवकाे चार तहका सेना छन्' 

संसद्‍मा गृहमन्त्रीको खुलासा- 'विप्लवकाे चार तहका सेना छन्' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विप्लव समूहको नेकपाले संविधान र राज्य विरोधी गतिविधि गर्दै आएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले चार तहको सेना बनाएर विप्लव समुहले आतंक मच्चाएको बताएका हुन् । उनले भने, ‘उनीहरुले जनसरकार भन्ने जनपरिषद् गठन गरेका छन्। जनसेनाका रुपमा चार कम्पनी गठन गरेका छन् । र, यसैको आडमा आतंक मच्चाइ राखेका छन् ।’ 

पार्टीका नाममा हिंसात्मक गतिविधि बढाइरहेको भन्दै गृहमन्त्रीले त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षा निकाय संवेदनशील भएर लागिपरेको बताए। उनले विप्लव समूहलाई वार्तामा ल्याउन सरकार सक्रिय रहेको पनि बताए ।

केही वर्षयता उनीहरुले गर्दै आएको सशस्त्र गतिविधिको पछिल्लो समय राजधानी केन्द्रित रहेको गृहमन्त्रीको भनाइ छ ।

गृहमन्त्रीका अनुसार आइतबार राजधानीमा भएका शृंखलाबद्ध  विस्फोटमा मारिने सबै चार जना विप्लव समूहका हुन् । घटनामा ६ जना घाइते भएका छन् । घाइते पनि समूहसँग नै आबद्ध रहेको गृहमन्त्री थापाले दबी गरे । 

आइतबार राजधानीको सुकेधारास्थित एउटा सैलुनमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। यस्तै अनामनगरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।