आइतबार, साउन २४, २०८३

संसदमा 'बंम आतंक'को विरोध : सरकारमाथि थोपरियो दोष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विप्लव समूहले देशैभर मच्चाएको बम आतंकको संघीय संसद्मा चर्को विरोध भएको छ । प्रतिनिधि सभामा बोल्ने अधिकांश सांसदहरुले सुरक्षा व्यवस्था फितलो बनाएको र विप्लव समूहमाथि निगरानी नराखिएको भन्दै सरकारको आलोचना गरेका छन् । 

कांग्रेस सांसद लक्ष्मी परियारले भनिन्,‘शक्तिशाली सरकारले सुरक्षाको अनुभुति गराउन सकेको छैन। यो सरकारको औचित्य छैन। सरकारलाई कहाँ खोज्न जानेरु यस घटनाबारे सरकारले सोचोस्।’

सांसद लालकाजी गुरुङ्गले भने,‘बम विस्फोटका मृतकलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दछु। यो सरकारले विप्लवलाई निषेध गर्नु भएन। वार्ता र संवाद हुनुपर्छ। सरकारले दुई तिहाइको दम्भ देखाउनु भएन।’ यसैगरी सांसद बहादु सिंह लामाले विप्लव समूहलाई बार्तामा बोलाउनु पर्ने बताए। 

सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीले विप्लव समूहलाई शान्ति वार्तामा आउन आग्रह गरेकी छिन्।

‘विप्लव समूहलाई भन्न चाहन्छु देशमा लोकतान्त्रिक गणन्त्र छ। मुलुकले आतंक होइन, शान्ति खोजेको हो। जनतालाई आतंक होइन विकास चाहेको छ। रोक्नुस बंम आतंक।’ चौधरीले भनिन्, ‘यस्ता घटना रोक्नसरकारले ठोस कदम चाल्नु पर्छ।’

नेपाली कांग्रेसकी कोषाध्यक्ष एवं सांसद सीतादेवी यादवले सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै आलोचना गरेकी छिन्। ‘सर्वसाधारणको हत्या भइरहेको छ। शान्तिसुरक्षा दिन नसक्ने सरकारसँग कसरी विकासको आशा गर्ने ?’ यादवले प्रश्न गरिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।