आइतबार, साउन २४, २०८३

विस्फोट र बन्द गराउने विप्लवका १२ कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १२ जना कार्यकर्ता पक्राउ परेका छन्।

आइतबार राति काटेश्वर नरेफाटबाट ७ जना, ललितपुरबाट ४ जना र झापाबाट १ जना पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जनाएका छन्। पक्राउ पर्नेहरु विप्लव समूहको रहेको जनाइएको छ।

शंकास्पद व्यक्ति वा समूह देखिएको खण्डमा प्रहरीलाई खबर गर्न पोखरेलले आग्रह गरेका छन्। आइतबार काठमाडौंसहित विभिन्न स्थानमा भएको विस्फोटमा विप्लव समूहकै ४ जना कार्यकर्ता मारिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।