आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुडिरहेको बस र ट्रकमा आगजनी : कहाँ कहाँ कति सवारी जले ? 

गुडिरहेको बस र ट्रकमा आगजनी : कहाँ कहाँ कति सवारी जले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- नेपाल बन्दको आयोजना गरेका विप्लव समुहले विभिन्न ठाउँमा गुडिरहेको सवारीमा बम प्रहार र आगजनी गरेको छ । एउटा बस र तीन वटा ट्रकमा विप्लव समुहका कार्यकर्ताले आगजनी गरेका छन् । 

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले गोचेखोलामा आगजनी गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । 

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

यस्तै विप्लव समुहका कार्यकर्ताले नवलपरासीको अरुणखोलामा एक ट्रकमाथि पेट्रोल बम प्रहार गरेका छन् । लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेका हुन् । बम प्रहारवाट ट्रक चालक घाइते भएको प्रहरीले जनाएको छ । 

यस्तै मकवानपुरका दुई स्थानमा दुईवटा ट्रकमा आगजनी भएको छ ।

विप्लव समुहका कार्यकर्ताले हेटौंडा उपमहानगरपालिकाको चौकीटोलमा ना ७ ख ९४९३ नम्बरको मिनि ट्रकमा आगजनी गरेका छन् भने थाहा नगरपालिकामा ना ६ ख ८००६ नम्बरको ट्रकमा पनि आगजनी भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।