आइतबार, साउन २४, २०८३

एएम र पीएम मिलाउन नजान्दा बेलुकै भयानक विस्फाेट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीमा भएको श्रृखलावद्ध बम विस्फोटमा परि चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आइतबार साझ काठमाडौंका तीन ठाउँ सुकेधारा, घट्टेकुलो र नागढुंगामा भएको विस्फोटमा परि ४ जनाले ज्यान गुमाएका छन् । 

सोमबार तय गरेको नेपाल बन्दमा बम पड्काउने तयारी गरेका विप्लवका कार्यकर्ताहरु नै विस्फोटमा परेका छन् । सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लवका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा आइतबार साझ नै बम विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने योजनासहित टाइम सेटिङ गर्न खोजेका विप्लवका कार्यकर्ताले सेटिङ मिलाउन नजान्दा अघिल्लो दिन दिउसै ४ः१५ मा बम पड्किएको हुन सक्ने महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

एएम भनेर राख्न खोज्दा पीएम भनेर राखिएकाले नै आइतबार दिउसो ४ः१५ मा बम पड्किएको उनको दाबी छ ।
 
सुकेधार र घट्टेकुलोमा एकैसाथ कसरी बम पड्कियो भन्ने विषयमा अनुसन्धान गर्दा यो रहस्य खुलेको प्रहरीले जनाएको छ । यद्यपी घटनाका विषयमा थप अनुसन्धान गर्ने र सुरक्षा सतर्कता अपनाउने काम गरिएको एसएसपी सुवेदीले जानकारी दिए । आज गरेको विप्लवको बन्दमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा जाँच तिब्र पारिएको उनले बताए ।
 
विप्लव समुहका कार्यकर्ताले सोमबार राजधानीका थुप्रै ठाउँमा विस्फोट गराउने योजना बनाएको घटनाले देखाएको छ । यसलाई निस्तेज पार्न प्रहरी सक्रिय भएको भन्दै सर्वसाधरणलाई त्रसित नहुन प्रहरीले अपिल गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।