आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवको बन्दअघि राजधानीमा बम आतंक, उच्च सुरक्षा सतर्कता 

विप्लवको बन्दअघि राजधानीमा बम आतंक, उच्च सुरक्षा सतर्कता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको माओवादीले बन्द आव्हान गरेको अघिल्लो दिन राजधानीमा बम आतंक मच्चिएको छ। यसले राजधानीवासीमा त्रास बढाएको छ। 

सरकारको केन्द्रीय सचिवालय रहेको सिंहदरबार नजिकै अनामनगर, सुकेधारा, काठमाडौं प्रवेश द्वारको रुपमा रहेको थानकोट, सुकेधारा, ग्वार्को, सानेपालगायतका ठाउँमा शृंखलावद्ध रुपमा बम विस्फोट गराइएको छ। सबै ठाउँमा विप्लवले बम राखेको आशंका गरिएको छ। अनामनगरको विस्फोटको एकजना र सुकेधाराको विस्फोटमा तीनजना गरी चारजनाको ज्यान गएको छ भने विस्फोटका घटनामा दर्जन जति घाइते भएका छन्।

अनामनगरबन्दको पूर्वसन्ध्यामा देखिएको बम आंतकले राजधानीको सुरक्षामा चुनौती थपिएको छ। केही संवेदनशिल ठाउँलाई लक्षित गरेर भएका बम विस्फोटका प्रयास र घटनापछि राजधानीको सुरक्षा व्यवस्थापलाई थप कसिलो बनाइएको छ। सुरक्षा सतर्कता बढाउनुका साथै संवेदनशिल स्थानमा सुरक्षा गस्तीलाई बाक्लो बनाइएको छ भने सुरक्षा जाँचलाई कडा तुल्याइएको छ।

सिंहदरबारलगायतका संवेदनशिल स्थानमा सेनालाई समेत मार्च गराइएको छ। शृंखलावद्ध बम विस्फोटपछि राजधानीको सुरक्षा व्यवस्थाबारेमा आइतबार बेलुका नै गृह मन्त्रालयमा सुरक्षा निकायको बैठक बसेको छ। उच्च सुरक्षा सतर्कता अपनाउन र संभावित कुनै पनि अप्रिय घटना रोक्नका लागि प्रभावकारी रणनीतिका साथ परिचालित हुन सम्बन्धित युनिटहरुलाई निर्देशन दिइएको छ। 

विप्लवले बन्द आव्हान गरेको सोमबारको दिन राजधानीको सुरक्षा व्यवस्थालाई कडा बनाइने स्रोत बताएको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बम विस्फोटका घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए। उनले सुरक्षा सतर्कता बढाइएको र सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको नेपालसमयसँग बताए। 

राजधानीमा भएको बम विस्फोट स्थलहरुमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ। महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार नेपाल बन्दलाई सफल पारौं भन्‍ने पर्चा भटिएको छ। अनामनगरस्थित लोकमञ्जरी कार्कीको घरको कोठामा भएको विस्फोटमा घाइते हुनेमा विप्लव समूहको विद्यार्थी संगठनका इकाई अध्यक्ष रविन्द्र केसी रहेका छन्। अनामनगर र सुकेधाराको विस्फोटमा मृत्यु हुने चारजना पनि विप्लव माओवादीका कार्यकर्ता रहेको खुलासा भएको छ। बम बनाउने क्रममा विस्फोट भएको आशंका गरिएको छ। 

प्रहरीका अनुसार बम विस्फोटका घटनामा संलग्‍न दर्जन जति विप्लव कार्यकर्तालाई प्रहरीले नियन्‍त्रणमा लिएको छ। कोटेश्‍वरबाट सातजना, थानकोटबाट २ जनालाई पक्राउ गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।