काठमाडौं : ललितपुरको लगनखेल बसपार्क नजिकै कुकर बम फेला परेको छ। काठमाडौंको अनामनगर र सुकेधारामा भएको विस्फोट पछि ललितपुरको लगनखेलमा कुकर बम फेला परेको छ।
बम भेटिएको ठाउँमा प्रहरी र नेपाली सेना पुग्ने क्रममा रहेको जनाइएको छ। दिउँसो करिब साढे चार बजेतिर सुकेधारा र अनामनगरमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
उक्त घटनाहरुमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४