आइतबार, साउन २४, २०८३

भट्टराईको दुखेसो : ‘मधेशी जनताले मलाई पत्याएनन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूलाई मधेशी जनताले नपत्याएको दुखेसो पोखेका छन्। मधेशसँग आफुले माया गरेपनि मधेशले पत्याउन नसकेको उनको भनाइ छ।

पार्टीले आइतबार जनकपुरमा आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा बोल्दै डा.भट्टराईले भने, ‘मैले आफ्नो जीवनमा दुईपटक प्रेम गरेँ। एकबाट विश्वास पाएँ तर अर्कोले मलाई विश्वास गरेनन्।’ आफ्नो पहिलो प्रेम हिसिला यमी रहेको र दोस्रो प्रेम मधेससँग गरेको उनले बताए। पहिलो प्रेमबाट विश्वास पाएपनि दोस्रो प्रेम गरेको मधेशी जनताले आफूलाई पत्याउन नमानेको भट्टराईको दुखेसो थियो।

नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ढुलमुले चरित्रको रहेको उनको आरोप छ। ‘प्रचण्डजी ढुलमुले चरित्र बोकेर हिँड्नु भएको छ,’ भट्टराईले भने, ‘उहाँको ढुलमुले चरित्रकै कारण माओवादी पार्टीमा एकमत हुन नसक्दा अधुरो संविधान जारी भयो।’ भट्टराईले संविधानलाई पूर्णता दिन राज्य पूनर्संरचनाको स्वरुप परिवर्तन गर्नुको विकल्प नरहेको दाबी गरे।

महिला र पुरुषको नागरिकतामा विभेद गर्ने नेपाल पहिलो राष्ट्र रहेको भन्दै उनले यस्तो विभेद कुनैपनि लोकतान्त्रिक संविधानमा नदेखिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।