काठमाडौं - अनामनगर विस्फोटमा घाइते भएका एक जना नेत्रविक्रम चन्द विप्लव समूहको विद्यार्थी संगठनका कार्यकर्ता भएको खुलेको छ। लोकमञ्जरी कार्कीको घरको कोठामा भएको विस्फोटमा घाइते हुनेमा विप्लव समूहको विद्यार्थी संगठनका इकाई अध्यक्ष रवीन्द्र केसी रहेका काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले बताएका छन्।
मृतकको पहिचान हुन नसके पनि उनकै साथी हुनसक्ने प्रहरी अनुमान छ। घाइते केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। विप्लव समूहले सोमबार आयोजना गरेको नेपाल बन्दको तयारीको क्रममा घटना भएको हुन सक्ने प्रहरी अनुमान छ। विस्फोट भएको स्थानमा विप्लवको पर्चा समेत भेटिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४