आइतबार, साउन २४, २०८३

विस्फोट स्थलमा विप्लवको पर्चा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राजधानीमा भएको बम विस्फोट स्थलहरुमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ। महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार घटना स्थलमा थोक संख्यामा विप्लवको पर्चा भेटिएको जानकारी दिएका छन्।

‘अनामनगरको विस्फोट स्थलमा एक कार्टुन जति पर्चा भेटिएको छ।’ सिंहले भने,‘दुबै ठाउँको विस्फोटमा विप्लवको संलग्ना हुन सक्ने बारे अनुसन्धान गर्दैछौं।’विप्लव समूहले भोलिको बन्दलाई लक्षित गरी विस्फोटको तयारी गर्दा घटना भएको स्रोतको दाबी छ।

पछिल्लो समय प्रहरीको गोली लागि एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको थियो। उक्त घटना पछि आक्रमक रुपमा प्रस्तुत हुने रणनीति लिएका विप्लव समूहले आक्रमण गर्न सक्ने भन्दै प्रहरीले सतर्क रहन आन्तरिक सरकुलर जारी गरेको थियो।
 
आइतबार दिउँसो भएको विस्फोटमा तीन जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।