आइतबार, साउन २४, २०८३

कांग्रेस जागरण अभियानले सरकारको जरा सुकायो त ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ जारी छ। वैशाख २५ गतेबाट सुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गते सकिने छ।

अभियानका क्रममा शीर्ष नेताहरू जिल्ला र क्षेत्र तहसम्म पुगेका छन्। जनतासँग सकारात्मक संवाद भइरहेको र पार्टीका लागि उपलब्धिमूलक कार्य भइरहेको उनीहरूको दाबी छ।

जागरण अभियानको मुख्य उद्देश्य वर्तमान सरकारको गतिविधि बारे जनतालाई जानकारी गराउने र भण्डाफोर गर्ने कार्यमा पनि कांग्रेस सफल भएको तथा सरकारको भ्रष्टाचार र गलत आचरणका विरुद्धको अभियानमा कांग्रेस तल्लो तहसम्म पुग्न सफल भएको दाबी उनीहरूले गरेका छन्। 

कांग्रेस नेता भीमसेन दास प्रधान भन्छन्, ‘दुई तिहाइको सरकारले केही गर्न नसकेको महसुस तल्लो तहका जनताले पनि गरेका छन्। उनीहरूको अपेक्षामा सरकार खडो उत्रिन सकेको छैन। सरकारमा जनताको निराशा बढ्दै छ।’ कम्युनिस्ट सरकारको लोकप्रियता समाप्त हुँदै गएको दाबी गर्दै प्रधानले भने, ‘तल्लो तहका जनता सरकारबाट रुष्ट छन्। यो ओली सरकारको जरा नै सुक्दैछ। झन् मानवअधिकार, मिडिया र सुरक्षामाथि हस्तक्षेप गरेर टुप्पो पनि सुक्ने अवस्था आएको छ।’

कांग्रेसको जागरण अभियानमा लागेका अर्का नेता राजेन्द्र कुमार केसी भन्छन्, ‘सरकारले फैलाएको धेरै भ्रमहरु चिर्न अभियान सफल भएको छ। सरकारले बाँडेको पुरा हुन नसक्ने सपनाहरूको बारे जनताले सोध्दैछन्।’जागरण अभियानको चार नम्बरको उद्देश्यमा सरकारको भ्रष्टाचार बारे जनतामा प्रष्ट्याउने उल्लेख छ। जसअनुरूप सरकारले गरेको वाइडबडी भ्रष्टाचार काण्ड, बुढीगण्डकीलगायतका विषयमा कुरा उठाइएको केसीले बताए।

‘सरकारले निर्मला पन्त हत्याको दोषी पत्ता लगाउन सकेन। बालुवाटारको जग्गा काण्ड, सुन काण्डलगायतको घटनामा सरकार मुछिएको छ।’, केसीले भने, ‘यत्रो काण्डमा मुछिएको सरकार जनतामा लोकप्रिय हुनै सक्दैन। र, कांग्रेसको जागरण अभियानले यी कुराहरू उजागर गर्दा सरकारको धरातल नै खस्किएको छ।’

यसैबीच, जागरण अभियानमा लागेका नेताहरूले कार्यकर्ताहरू गाउँगाउँमा सक्रिय भएको बताएका छन्। चुनावपछि निष्क्रिय भएका नेता तथा कार्यकर्ताहरू अभियानमा सक्रिय भएको उनीहरू बताउँछन्। 

पार्टीभित्र रहेका गुटगत समस्या केही हदसम्म समाधान भएको दाबी केसी गर्छन्। तर, नेता प्रधानले गुटगत समस्या समाधानका लागि नेतृत्व तहबाट खासै प्रयास नभएकोले केही क्षेत्रमा गुटगत समस्या देखिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।