कपिलवस्तु- कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
लु १ ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४