आइतबार, साउन २४, २०८३

हारपछि राहुलले दिएको राजीनामा अस्वीकृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नयाँदिल्ली- भारतीय राष्ट्रिय कंग्रेसले चुनावमा अनपेक्षित हार व्यहोरेपछि राहुल गान्धीले अध्यक्ष पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । पार्टी कार्यसमिति सदस्यहरुले गान्धीको राजीनामा अस्वीकृत गरेका हुन् ।
 
पार्टी संकटमा परेका बेला अझै शसक्त ढङ्गले लाग्नु पर्ने निष्कर्ष निकाल्दै गान्धीको राजीनामा अस्विकृत गरेको भारतीय कंग्रेसका प्रवक्ता रन्दिप सुर्जेवालाले जानकारी दिए । उनका अनुसार कार्यसमितिका अधिकांश सदस्यले ‘पार्टीका लागि राहुलको नेतृत्व र मार्गदर्शनक आवश्यक रहेको’ बताएका थिए ।

चुनावमा पार्टीले अपेक्षित हार बेहोर्नुमा आफू मुख्य जिम्मेवार रहेको भन्दै राहुलले अध्यक्ष पदबाट राजीनामा गरेका थिए । कंग्रेसले ५४२ सिटका लागि भएको भारतीय लोकसभा चुनावमा जम्मा ५२ सिटमा जित हात पारेको छ ।

यो हारपछि अध्यक्ष राहुलसँगै अन्य वरिष्ठ नेताहरुले पनि पार्टीबाट राजीनामा दिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।