आइतबार, साउन २४, २०८३

उपराष्ट्रपति किन जाँदैछन् अष्ट्रिया भ्रमणमा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन आइतबार (आज) युरोपेली मुलुक अष्ट्रिया प्रस्थान गर्दैछन् । उनी बिहान ९ः२० बजे अन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमामा अष्ट्रिया उड्न लागेका हुन्।
 
अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति पुन भियनामा जेठ १४ गते हुने जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन्। पुनको भ्रमण टोलीमा पत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुनेछन्।

अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा नेपालको धारणा राख्ने छन्। उनले भ्रमणका क्रममा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । 

उनी अष्ट्रियाका विभिन्न ठाउँमा घुम्नुका साथै नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुने भएका छन् । उनी जेठ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।