आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  कोचिङ सेन्टरमा भिषण आगलागी : १९ विद्यार्थीको मृत्यु 

 कोचिङ सेन्टरमा भिषण आगलागी : १९ विद्यार्थीको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नयाँदिल्ली- भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्समा आगलागी हुँदा १९ विद्यार्थीको मृत्यु भएको छ । 

शुक्रबार अपराह्न सपिङ कम्पलेक्समा सञ्चालित कोचिङ सेन्टरबाट सुरु भएको आगोमा परि त्यहा पढिराखेका १९ विद्यार्थीको मृत्यु भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । तीन तले भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए । 

आगाको मुस्लो र धुवाँबाट निस्सासिनबाट बच्न भुइँमा हाम्फालेका विद्यार्थीमध्ये १० को मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन् । 

घटनाप्रति दुःख प्रकट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेलाई तत्काल सबै आवश्यक सहयोग उपलब्ध गराउन पनि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गुजरातका मुख्यमन्त्री विजय रुपानीले घटनाको छानबिन आदेश दिँदै प्रत्येक मृतकका परिवारलाई ४ लाख भारु दिने घोषणा गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।