आइतबार, साउन २४, २०८३

‘ज्ञानेन्द्रको तानाशाही पथमा प्रधानमन्त्री ओली’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको उन्मादले निरंकुश ज्ञानेन्द्रको शैली अपनाएको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गरेका छन्। शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० मा जागरण अभियान अन्तरगत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाहको पथमा हिडेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘केपी ओली शक्तिको उन्मादमाले निरंकुश शैलीमा राजा ज्ञानेन्द्र पथमा हिँडिरहेका छन्। बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्थाको विपरीत गएर अगाडि बढिरहेका छन्। ओलीको सकिने दिन आउँदै छ।’नेपालमा कम्युनिष्टहरुले एक दलिय व्यवस्था लादन खोजेको बताउँदै नेता खाँणले कम्युनिष्ट नेपालबाट पनि सकिने दाबी गरे।

सरकारले मिडियामाथि नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै नेता खाँणले भने,‘आफ्नै सरकारको कर्तुतका समाचारहरु आइरहेका हुँदा दिनदिनै समाचार पढ्नु पर्दा, सुन्नु पर्दा औषधी नै औषधीले बाँचेका ओलीको प्रेसर र ज्वरो अधिकतम भएकाले मिडियामा अंकुश लगाउँदै छन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।