आइतबार, साउन २४, २०८३

हत्या आरोपी २० वर्षपछि पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीबार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस-७ र हालको लेकबेँसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

प्रवक्ता क्षेत्रीका अनुसार अभियुक्त दर्लामी विसं २०५६ कात्तिक ४ गते राति १२ बजे साँझेचौरस्थित जङ्गलमा पैसा माग्दा नदिएको रिसिबीले उनकै गाउँ बस्ने चन्द्रबहादुर राई मगरलाई कुटपिट गरी सख्त घाइते (बेहोस) बनाउने घटनामा संलग्न भएका थिए ।

बेहोस बनाइएका राईमगरलाई प्रहरी र स्थानीयवासीको साहयतामा उपचारका लागि सुर्खेत लगिएको थियो । राईमगरको उपचारको क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएपछि कुटपिटको घटनामा संलग्न अभियुक्त दर्लामी त्यसपछि फरार थिए ।
 
मृतकका बुबा धनबहादुर राईमगरले घटनापश्चात फरार दर्लामीको खोजतलासबाट पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारवाही गरी पाऊँ भन्ने व्यहोराको जाहेरी दर्खास्त दिएका थिए । सोही निवेदनअनुसार फरार रहेका दर्लामीलाई खोजतलास गर्ने क्रममा यही जेठ ९ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी सोही स्थानबाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतमा अनुसन्धान कार्यका लागि पेश गरिएको र अध्ययन अनुसन्धानको कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।