आइतबार, साउन २४, २०८३

शिक्षाका १५६ कर्मचारी छड्केमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले शिक्षाका चार कार्यालयमा आज अनुगमन गर्दा १५६ कर्मचारी छड्केमा परेका छन्। 

केन्द्रको अनुगमन टोलीले पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानवस्रोत केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र राष्ट्रिय परीक्षा बोर्डको अनुगमन गर्दा ती कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको सतर्कता केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए। कार्यालयको समय पालना नगर्ने तथा पोशाक नलगाउने कर्मचारी कारवाहीमा परेका हुन्। कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ। 

छड्केमा परेका कर्मचारीलाई प्रचलित नियमअनुसार सम्बन्धित कार्यालयलाई कारवाहीका लागि सिफारिस गरिएको लामिछानेले बताए। पाठ्यक्रम विकास केन्द्रमा समयको पालना नगर्ने सात जना, पोशाक नलगाउने एक जना, मानवस्रोत केन्द्रका समय पालना नगर्ने ११ र पोशाक नलगाउने चार जना, परिषद्का समय पालना नगर्ने ४० र पोशाक नलगाउने ३७ जना तथा परीक्षा बोर्डका समय पालना नगर्ने ४० र पोशाक नलगाउने १६ जनालाई कारवाहीका लागि सिफारिस गरिएको छ। यसैगरी सतर्कता केन्द्रले अहिलेसम्म ४४ जिल्लाका ८३१ सरकारी कार्यालयमा अनुगमन गर्दा दुई हजार २५९ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।