आइतबार, साउन २४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज जेठ ७ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक  होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ।

प्रदेश सरकारलाई कांग्रेसको प्रश्न– ‘दुई नम्बरी भएर कहिलेसम्म बस्ने ?’

प्रदेश २ को प्रतिपक्षी दल नेपाली कांग्रेसले १६ महिना बितिसक्दासमेत स्थायी राजधानी, प्रदेशको नामाकरण, भाषालगायतका विषयमा निर्णय गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ। सरकारले यस्ता महत्वपूर्ण प्रस्तावहरु नल्याएर आफ्नो लाचारीपन प्रस्तुत गरेको उसले आरोप लगाएको छ।

ललितपुरका मेयर महर्जनको पित्तथैलीको उपचार

स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा भर्ना भएका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको पित्तथैलीको शल्यक्रिया भएको छ।

सुर्खेतबाट विप्लवका दुई नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेताहरु सुर्खेतबाट प्रक्राउ परेका छन्। भेरी ब्यूरो इन्चार्ज एवम् केन्द्रीय सदस्य बल बहादुर वली ‘शितल’ र सुर्खेत जिल्ला इन्चार्ज खड्क बहादुर खड्का (यमराज) मंगलबार पक्राउ परेका हुन्।

जेठभित्रै सबै एकीकरण सक्छौं : नेता खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताएका छन्। उनले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गरे। 

संसदमा सक्रिय छाया सरकार : मन्त्रीले दिए आन्दोलनको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार गठन गरेको छाया सरकारका मन्त्रीहरु मंगलबारबाटै सक्रिय भएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा छाया सरकारका चार जना मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमाथि निगरानी गर्दै विभिन्न प्रश्न उठाएका छन्।

पाँचथर घटनाका दोषीलाई कारवाहीको माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दाेष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्। उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरिन्।

'भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छुँ'

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताएका छन्। मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा कुलमानले आफुमाथि आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार रहेको बताएका हुन्।

बुद्ध मूर्ति बनाउन देशभरका कलाकार देवदहमा

बुद्ध मूर्ति बनाउन देशभरका प्रख्यात मूर्तिकार बुद्धको मावली गाउँ देवदह आउने भएका छन्।

महाधिवेशन टार्ने चलखेल हुँदैछ : रामचन्द्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको बताएका छन्। राष्ट्रिय जागरण अभियान अन्तर्गत मंगलबार कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी संगठनका सबै काम ढिलाढिला गरेर महाधिवेशनलाई पछाडि धकेल्ने चलखेल अहिल्यैबाट सुरु भएको बताएका हुन्।

संसदमा सत्तापक्षकै प्रश्‍न  : किन हुँदैछ पोखरामा १३ मुलुकको सैन्य अभ्यास ?

अमेरिकाको अगुवाइमा पोखरामा भइरहेको  संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ दलकै नेताले आपत्ति जाएका छन्।

गाउँपालिकाको मूल ढोकामै बम फेला

बझाङको छबिसपाथिभेरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेको छ। स्थानीय कर्ण धामीका अनुसार मंगलबार बिहान ९ बजे कार्यालय ढोकामै बम फेला परेको हो।

'फेसबुक प्रेमिका' लाई बन्धक बनाएर ६ दिन बलात्कार

जनकपुरका एक युवकले एक किशोरीलाई बन्धक बनाएर ६ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। 

पाँचथर नरसंहार : ससुरालीको सामुहिक हत्यापछि ज्वाइँको आत्महत्या

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिले आत्महत्या गरेका छन्। घटना सार्वजनिक भएको केही घण्टामै सोही गाउँपालिकाको वडा नम्बर ७ का मानबहादुर माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको छ। प्रहरी प्रवक्ता विश्वराज पोखरेलले हत्या गरिएको स्थान नजिकै उनको शव झुण्डिएको अवस्थामा फेला परेका बताए। युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अवैध पार्किङ गरिएका दश हजार मोटरसाइकल कारवाहीमा

नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ। 

गर्मी बढेसँगै सुक्न थाल्यो चापाकल

जनकपुरसहित धनुषाको उत्तरी भेगमा खानेपानी हाहाकार भएको छ। खानेपानीको मुख्य स्रोत इनार र चापाकल धमाधम सुक्न थालेपछि पानीको समस्या भएको हो। विगत वर्ष चापाकल तथा इनारमा असार मध्यतिर पानी सुक्ने समस्या देखिए पनि यस वर्ष भने जेठ सुरु भएलगत्तै पानी इनार तथा चापाकलमा पानी सुक्ने समस्या देखिन थालेको छ।

४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द (नामसहित)

वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ। विवरण अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरिएको विभागले जानकारी दिएको छ। 

आफ्नै रेकर्ड तोड्दै कीर्तिमान बनाउँदै कामीरिता

आरोही कामीरिता शेर्पाले सगरमाथाको २४ औँ पटक सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। शेर्पाले यसअघिको आफ्नै २३ औं पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन्। कामीरितालो मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४ औं पटक आरोहण गरेका सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

लागुऔषधसहित बाँकेबाट सात जना पक्राउ

लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।

पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या, हत्यारा फरार

पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा अज्ञात व्यक्तिले दुई परिवारका ९ जनाको विभत्स हत्या गरेको छ । 

मेस्सीले रोनाल्डोलाई पछि पारे

अर्जेन्टिनी तथा बार्सिलोनाका सुपर स्टार फर्वाडर लियोनल मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पोर्चुगिज सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

पर्यटन मन्‍त्रालयले अझैसम्म किन पाएन मन्‍त्री ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री विहिन भएको झण्डै तीन महिना हुन लग्यो। तर, सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले मन्त्री चयनको विषयलाई प्राथमिकतामा राखेको छैन ।

दुई पांग्रे पछाडी बस्नेले तत्काल हेलमेट लगाउनु नपर्ने  

मोटरसाइकल वा स्कूटर पछाडी बस्नेले पनि अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने नियम तत्काल कार्यान्व्यनमा नआउने भएको छ ।

अनलाइनमा कमेन्ट गरेकै कारण लालबहादुर प्रहरी खोरमा

महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीबारे तल्लोस्तरमा लेख्ने एक जनालाई पक्राउ गरेको छ ।

सेतो गाउनमा परी ऐश्‍वर्या

‘कांस फिल्म फेस्टिवल २०१९’ मा गएकी ऐश्वर्या राय बच्चनले पहिलो दिन नै सबैको ध्यान तानेकी थिइन्। दोस्रो दिन सेतो गाउनमा सजिएकी उनको पहिरनले सबैको मननै जित्यो। यसका साथै उनले फ्रिल स्कर्ट पनि पहिरिएकी थिइन्।

सर्टको बटन खोलेर दिशा पाटनीले क्लीवेज देखाएपछि... 

बलीउड कलाकार दिशा पाटनीले इन्स्ट्राग्राममा आफ्नो हट तस्बिर सार्वजनिक गरेकी छन्। सेतो रङगको सर्ट र निलो पाइन्ट लगायकी दिशाले सर्ट र पाइन्ट दुबैको बटन खोलेर हट तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी हुन्। 

‘कान्स फिल्म फेस्टिभल’मा प्रियंकको आकर्षक लुक

यतिबेला विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल फ्रान्सको कान्स सहरमा जारी छ। फ्रान्सको पेरिसमा जारी ७२ औं संकरणको फेस्टिभलमा सहभागी हुन नायिका प्रियंका कार्की यतिबेला फ्रान्समा छिन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।