काठमाडौं- आज जेठ ४ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
अछामको मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। मंगलसेन नगरपालिका वडा नम्वर १ का बर्ष १९ को दिपेन्द्र जैगडी र सोहि ठाउका १९ बर्षकै एकेन्द्रराज नाथलाई पक्राउ गरिएको हो।
कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्। गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्वरको मोटरसाइकलमा सवार बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ।
भारतीय राज्य विहारको राजधानी शहर पटनाबाट ५५ किलोमिटर उत्तरमा पर्छ, वैशाली । वैशाली जिल्लाकै मुजफ्फरपुर शहरबाट करिब ३५ किमि पश्चिम-दक्षिण टाढा पर्छ, उक्त बुद्धस्थल ।
मातृभूमिका लागी नेपालीको शनिबार काठमाडौंमा सम्पन्न महाभेलाले देवप्रकाश त्रिपाठीको संयोजकत्वमा केन्द्रीय परिषद् घोषणा गरेको छ।
नेपाल पत्रकार महासंघ प्रदेश २ कार्यसमितिले प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक फिर्ता लिन माग गरेको छ। पूर्ण प्रेस स्वतन्त्रताविपरित पत्रकारमाथि अंकुश लगाउने गरी प्रदेश सरकारले विधेयक ल्याएको भन्दै महासंघले फिर्ता लिन माग गरेको हो।
जनकपुरसहित पछिल्लो केहि दिनयता तापक्रम बढेपछि जनीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कार्यालयमा कामकाजसमेत प्रभावित हुन थालेको छ।
अपराध अनुसन्धानमा आवस्यक कल डिटेल रेकर्डर (सिडिआर) शाखा इलाका प्रहरी कार्यालयमा यहि वैशाखबाट सुरु भयो। अपराध अनुसन्धानका लागि खोलिएको शाखाले हराएको मोबाइल खोज्न सजिलो भएको प्रहरीको भनाई छ। इलाका प्रहरी कार्यालयको तथ्यांक अनुसार वैशाखबाट ६७ वटा मोबाइल हराएको उजुरी प्रहरीकोमा परेका छन्। जसमा ४५ वटा मोबाइल भेटिइसकेको र २१ जनालाई शनिबार हस्तान्तरण गरिएको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन्। स्वतन्त्र पत्रकारितमाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गर्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको छ भने।
१८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो? कसरी भएको थियो? यस घट्नाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार २५६३ औं बुद्ध जयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै बुद्ध शिक्षा संस्थागत रुपमा अन्तर्राष्ट्रियकरण भइरहेको बताएकी छन्।
भक्तपुर नगरपालिका र नेपाली सेनाबीच भक्तपुरको ऐतिहासिक रानीपोखरी र सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ।
बुद्धसँगसम्बन्धीत पश्चिम नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। पश्चिम नवलपरासीको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र सरावल गाउँपालिका क्षेत्रमा बुद्धकालीन स्थल रहेका छन्।
नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ जारी छ। केन्द्रीय नेताहरु स्थानीय तथा वडा तहसम्म पुग्दैछन्।
जबरजस्ती करणी गर्न खोजेको आरोपमा धनगढीमा एक जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा शुक्रबार राती युवतीको कोठामै प्रवेश गरी जबरजस्ती करणी गर्न खोजेको आरोपमा डोटीको शिखर नगरपालिका ५ का ४५ वर्षीय धनकुमार जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ।
राष्ट्र र जनताको हितमा राज्यलाई केन्द्रित तुल्याउन दबाब पैदा गर्ने मूल उद्देश्यका साथ ‘मातृभूमिका लागि नेपाली’ नामक नागरिक समूहको औपचारिक महाभेला काठमाडौंमा सुरु भएको छ।
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताएका छन्। पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने महतको धारणा छ।
अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा शुक्रबार राति प्रेसर कुकर बम विष्फोट गराएको छ। अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराइएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिए।
नेपाल राष्ट्र बैंकले ६ अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ग’ बिक्री गर्ने भएको छ। बैंकले यही जेठ ५ गते बोलकबोल प्रक्रियाबाट बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त परिमाणको ऋणपत्र बिक्री गर्न लागेको हो।
प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३ औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज (शनिबार) विविध कार्यक्रम गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
आसन सुकुलमा। अगाडि सालको पातको लपेस। त्यसमा चिउरा, साँधेको भटमास, सिद्रा, चना, केराउ, अचार, मासुका परिकार। छेउमै जाँड र रक्सीले टन्न भरिएको सलिचा। परम्परागत नेवारी भोजका परिकार हुन् यी।
विश्वविद्यालयमा राजनीतिक नेतृत्वलाई हाबी गराउने गरी ल्याइएको ऐन संशोधन मस्यौदाप्रति पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्।
नेपालको राजनीतिक इतिहासमा जेठ ४ को बेग्लै महत्त्व छ। आजैका दिन राजतन्त्र उन्मूलनको औपचारिक शिलान्यास भएको थियो। २०६३ जेठ ४ को घोषणाले नै गणतन्त्रको जग बसाएको थियो। यही घोषणामार्फत राजसंस्थालाई अधिकारविहीन बनाएर संसद्बाट श्रीपेच हटाइएको थियो। राजाले जनताबाट खासेको राज्यशक्ति र अधिकारलाई यसले पुनस्र्थापित गरेको थियो। जनताको नासो जनतामै निहित गरिएको थियो।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। विमानस्थल नजिकै एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चार जनाको मृत्यु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छिन्।
आज २५६३ औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
तिब्र गतिका बलरले पिछल्लो समय रिवर्स स्विङ्गका कारण धेरै जसो विकेट लिन सकेका छैनन् । जस्तो की १९९० र २००० को सुरुवातमा भइरहेको थियो । यसै कारणले पछिल्लो केही वर्ष यता एकदिवसीय क्रिकेट प्रतियोगितामा ३ सय वा त्यस भन्दा पनि बढी स्कोर भइरहेकको आँकडा छ ।
शेयर बजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो। साताको शुरुआतदेखि नै उकालो लागेको बजार अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो।
विश्वकै सबैभन्दा धनी बिरालोको ग्रुंपीको मृत्यु भएको छ। उनी सात वर्ष उमेरका थिए। ग्रुंपी सय मिलियन डलर (करिब ७०० करोड रुपैयाँ)का मालिक थिइन्। सामाजिक सञ्जालमा उनलाई श्रदाञ्जली दिनेहरु र दुःख व्यक्त गर्नेहरुको क्रम वढेको छ ।
हाम्रो स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ को शुक्रबार विमोचन भएको छ। पब्लिकेशन्स नेपालयको आर शालामा लेखक प्रसाईले आफ्नो पुस्तक पर्यावरण र संस्कृतिका प्रखर विद्वान डा. तीर्थबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेर विधिवत् सार्वजनिक भएको घोषणा गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४