शनिबार, साउन २३, २०८३

‘संघीय सरकारले जानकी मन्दिरसँग विभेद गर्‍यो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले सीताको जन्मोत्सवको रुपमा मनाइने जानकी नवमीसँग विभेद गरेको आरोप लगाएका छन्। जानकी जन्मोत्सव हिन्दुहरुको आस्थाको केन्द्रका साथै प्रदेश र समग्र मुलुककै लागि गौरवको विषय रहेपनि संघीय सरकारले महत्व दिन नसकेको राउतले बताए।

‘यस महोत्सवलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउन सक्नु पर्दथ्यो, तर सरकारले त्यसो गर्न सकेको छैन्,’ राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सरिक रहेको जानकी मन्दिरको कार्यक्रमममा मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारले राष्ट्रिय मान्यता नदिँदा हामीले प्रादेशिक पर्वको रुपमा अघि सारेका छौं।’

जानकी नवमीलाई प्रादेशिक पर्वको रुपमा मनाउन प्रदेश सरकारले सार्वजनिक विदाको घोषणासमेत गरेको उनको भनाइ छ। ‘प्रदेश सरकारले जानकी नवमीलाई विशेष महत्व दिएको छ,’ राउतले भने, ‘प्रदेश सरकारले जानकी नवमीमा सार्वजनिक विदाको घोषणा गरेर सबैलाई यस पर्वमा सहभागी हुन अपील गरेको छ।’जानकी नवमीलाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रवल सम्भावना बोकेको पर्वको रुपमा प्रदेश सरकारले अगाडि बढाइरहेको राउतले दाबी गरे।

अहिलेसम्म संघीय सरकारको नजरबाट टाढा रहेको जानकी मन्दिर र यहाँका धार्मिक महोत्सवहरुलाई प्रदेश सरकारले अपनत्व ग्रहण गरिसकेको उनको भनाइ थियो। जनकपुरको समग्र विकास हिन्दुधर्म र जानकीसँग जुडेकोमा दुइमत नरहेको भन्दै मुख्यमन्त्री राउतले जनकपुरसहित समग्र प्रदेशका लागि प्रदेश सरकार जानकी मन्दिरलाई केन्द्र बनाएर धार्मिक पर्यटन विकासको लागि अघि बढिसकेको बताए।

जानकी जन्म प्रसंगले तत्कालीन समाजमा यस क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक परिवेश उजागर गरेको उनले स्पष्ट पारे। अनिकाल परेको बखत राजा जनकले आफै हलो जोतेको प्रसंगले राजा र प्रजाबीचको सम्बन्धलाई उजागर गर्ने गरेको उनको भनाइ थियो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।