शनिबार, साउन २३, २०८३

शताब्दी पुरुषलाई भव्य सम्मान (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष लागेका छन्। जोशीलाई सो अवसरमा सम्मानसहित नगरपरिक्रमासमेत गराइएको छ भने राष्ट्रपतिलगायत विभिन्न राजनीतिक दलका नेता तथा सुभेच्छुकहरुले सम्मानसमेत गरेका छन्।
 
उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको छ। नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेतालगायत सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो।



महानगरपालिकाले जोशीको सम्मानस्वरुप महानगरमा सोमबार सार्वजनिक विदासमेत दिएको छ। महानगरले जोशीको नाममा उद्यान र सडक निर्माण गरिने निर्णयसमेत गरेको छ। जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने निर्णय गरिसकेको छ। महानगरले यसअघि उनलाई सुरक्षा तथा यातायातकाे सुविधा पनि प्रदान गरिसकेकाे छ।

विसं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा जोशीको जन्म भएको हो। तीन पटकसम्म मदन पुरस्कार पाउने उनी एक मात्र व्यक्ति हुन्। 

जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाएका थिए। ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो।



याे पनि पढ्नुस्

शताब्दी पुरुषको युगयात्रा











प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।