काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकले भिन्नभिन्न विषयलाई प्राथमिकतामा राखेका छन्।
शनिबारको नयाँ पत्रिका दैनिकले अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ।
नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ। यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन्। वर्षैदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजार भन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन्। कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन्। त्यसो त शरणार्थीसम्बन्धी नोपलको न कुनै कानुन नै छ न त अन्तर्राष्ट्रिय महासन्धि १९५१ मै हस्ताक्षर गरेको छ। सरकार मानवताको नाताले उनीहरुप्रति नरम देखिन्छ। प्रहरीका लागि भने यो चिन्ताको विषय भएको छ।
यस्तै शनिबारको कान्तिपुर दैनिकले अपांग भनेर भर्ना अस्वीकार शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ।
६ वर्षीय रविन दुवै खुट्टा टेक्न सक्दैनन्। अरुको सहारामा हिड्न पर्छ। तर उनको बोली र शरिर भनृ हृष्टपुष्ट छ। उनलाई पोखराको छोरेपाटनस्थित छोरेपाटन माविका प्राधानाध्यापक लक्ष्मण थापाले स्कुलमा भर्ना गर्न मानेनन्। उनले भने ‘हामी जिम्मा लिन सक्दैनौं, घरमै पढाउनु।’ रविनले नर्सरी पास गरेपछि अभिभावकले छोरेपाटन पुगाएका थिए। शिक्षकले भने सुरक्षाको कारण देखाउँदै भर्ना लिन अस्वीकार गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४