शनिबार, साउन २३, २०८३

सल्यानमा आगलागीबाट १० घर जले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – सल्यानमा आगलागीबाट दश घर जलेका छन्। बिहीबारदेखि इन्द्रेणी सामुदायिक वनमा लागेको आगोले शुक्रबाररातीसम्म दश वटा घरगोठ जलेका हुन्। वनमा लागेको आगो बस्तीमा आउदा छत्रेश्वरी गाउँपालिका वडा नं. ६ रामकाँडा ९ घर र कपुरकोट गाउँपालिको मुलपानीमा एक घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शुक्रबार दिउँसो २ बजेतिर बस्तीमा पसेको आगोले रामकाँडाका जीत बहादुर रानाका, ओम बहादुर र टुल्कबहादुर बुढाथोकीको एक घर एक गोठ गरी ६ घर जलेका हुन्। त्यस्तै सोही ठाउँका हरिबहादुर राना, गौरीलाल र पदम बहादुर रानाका एक÷एक घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्र्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार आगलागीबाट मानविय क्षति नभएपनि घरमा रहेको अन्नपात, लत्ताकपडा जलेर खरानी भएको छ। आगलागीबाट अनुमानित साढे १४ लाख क्षति भएको प्रहरीले जनाएको छ।

यस्तै कपुरकोट गाउँपालिकाको मुलपानीमा पनि शुक्रबार नै एक घर जलेर नष्ट भएको छ। तर जलेको घरको विवरण भने आइसकेको छैन। आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय लागि परेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।