शनिबार, साउन २३, २०८३

ठक्कर दिने भारतीय ट्रकमाथि आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मोहनापुल – अत्तरिया ६ लेख सडकमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा स्कुटरमा सवार एक जनाको मृत्यु भएपछि ट्रकमाथि तोडफोड र आगजनी गरिएको छ। ठक्कर दिने भारतीय नम्वरको युपी ३१ टि ४८१७ नम्वरको ट्रक तोडफोड र आगजनी गरिएको हो। आक्रोसीत स्थानीयले सडक अवरुद्धको पनि प्रयास गरेका छन्।

आक्रोशित स्थानीय सडकमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड अश्रृग्यास प्रहार गरेको छ। शुक्रबार साँझ सो ट्रकले से ६ प ३२१७ नम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवारको मुत्यु भएको थियो। 

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत नेतृत्वको टोली परिचालन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।