शनिबार, साउन २३, २०८३

'मेलम्ची योजनामा अब सरकारले नै हस्तक्षेप गर्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पानी संसारभर बेच्नु अघि देशभित्रैको पानीको समस्या समाधान गर्नुपर्ने बताएका छन्। दाहालले उपत्यकासहित देशभरको खानेपानीको समस्या समाधानका लागि सरकार लागिरहेको दाबी गर्दै मेलम्ची खानेपानी योजनालाई अब नेतृत्वले नै हस्तक्षेप गर्ने बताए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम केन्द्रीय अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै दाहालले योजनालाई अब नेतृत्वले हस्तक्षेप गरेर भएपनि ल्याउने बताए। ’अहिले पनि सरकार छिटोभन्दा छिटो मेलम्ची ल्याउने तयारीमै छ। म आफैं पनि र प्रधानमन्त्रीजी पनि। हाम्रो चुनौती हो’ दाहालले भने, ’नेतृत्वले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा हामी दृढ छौं।’

देशभित्रकै खानेपानी समस्यालाई स्थायी रुपमा समाधान गर्न नसकेसम्म दुनियाँले पानी निर्यातसम्बन्धी नेपाल सरकारको व्यवस्थापन, क्षमतालाई विश्वास गर्ने आधार नहुने बताउँदै उनले काठमाडौं उपत्यकासहित देशभरको खानेपानीको समस्या समाधानका लागि सरकार लागिरहेको दाबी गरे। 

खानेपानी मन्त्री, सचिवहरुले गएको दसैंभित्रै मेलम्ची राजधानी आइपुग्ने बताइरहँदा आफूले विश्वास नगरेको दाहालले उल्लेख गरे। उनले मेलम्ची पानी आउन नदिनमा विभिन्न पक्षहरुबाट खेलहरु भइरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।