ललितपुर- वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा शुरु भएको छ । मछिन्द्रनाथको पुल्चोकमा रहेको रथलाई बुधबार साँझ तानेर गाबहाल पुर्याएको छ ।
बर्सेनी वैशाख शुक्ल चतुर्थीका दिन रथ तान्ने गरिएको छ । चार दिन पहिले (वैशाख शुक्ल प्रतिपदा) का दिनमा रथारोहण भएपछि रथ तानिएको हो । ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार आज बिहीबार गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गलबजार आसपास पुर्याइनेछ ।
मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । मछिन्द्रनाथको यो यात्रा गुरु बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिने जोशीले बताए ।
ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगैै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएका जोशीले बताए ।
किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको ज्योतिष दैवज्ञ जोशीले बताए । गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ ।
अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । अहिले सबैतिर ज्यापु समाजले नै रथ तान्ने गरेको जोशीले बताए ।
समयसँगै मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने तरिकामा पनि परिवर्तन आइरहेको जोशीले बताए । झण्डै चार दशक पहिलेसम्म वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण गरेपछि त्यही दिनमा वा भोलिपल्ट पुल्चोक चोकमै रहेको मण्डपपाटीसम्म रथलाई तानेर लगिने गरेको उनको भनाइ छ । अहिले साङ्केतिक रुपमा मात्रै मण्डपपाटी पु¥याइँदै आइएको छ ।
रथयात्राका क्रममा रातो मछिन्द्रनाथका विभिन्न प्रसङ्गसमेत समेटिएको पाइन्छ । याक मिसा भुजा अर्थात् महिलाले रथ तान्ने दिन तामझामका साथ इटिटोलमा रहेको रथलाई महिलाले तानेर थटिटोलसम्म पु¥याउँछन् । याक मिसा भुजाको अर्थ एकल महिलाको जात्रा हो । मछिन्द्रनाथको कीर्तिपुरमा रहेकी प्रेमिकाको स्मरणमा जात्रा मनाउने गरिन्छ । पहिले एकल महिलाले रथ तान्ने भनिए पनि अहिले सबै खालका महिला सहभागी हुने जोशीले बताए ।
फोटो/भिडियो– सागर केसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...