शुक्रबार, साउन २२, २०८३

आइपिएलमा दिल्लीको जित, हैदराबाद बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स क्वालिफायरमा छनोट भएको छ । बुधबार राती भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदरलाई २ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा छनोट भएको हो । 

अब फाइनल प्रवेशका लागि दिल्लीले चेन्नेई सुपर किंग्ससँग खेल्ने छ । हेदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दिल्लीको जितका लागि पृथ्वी शाले ५६ रनको अर्धशतकिय पारी खेले । 

उनले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रनको अर्धसतकीय पारी खेलेका हुन् । आक्रमक ब्याटिङ प्रस्तुत गरेका ऋषभ पन्त अर्धशतक बनाउनबाट १ रनले चुके । उनले २१ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन जोडेका थिए । त्यस्तै शिखर धवनले १७ तथा कालिन मुन्रोले १४ रन जोडे । 

हैदराबादका लागि खलील अहेमद, रसिद खान, मोहमद नाभी र भुवनेश्वर पुमारले समान २-२ विकेट लिँदा दिपक होड्डाले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङ थालेकोे हैदराबादले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका मार्टिन गुप्टिलले सर्वाधिक ३६ रन जोडेका थिए । उनले १९ बलमा १ चौका र ४ छक्का प्रहर गर्दै ३६ रन जोडेका थिए । ३६ बलमा तीन चौका सहित मनिष पाण्डेले ३०, कप्तान केन विलियम्सले २८ रन बनाए, विजय शंकरले २५ र मोहमद नाभीले २० रन जोडे । 

दिल्लीका किमो पउलले तीन तथा इशान्त शर्माले २ विकेट लिए । त्यस्तै अमित मिश्रा र ट्रेन्ट बोल्टले एक एक विकेट लिए । यस हारसँगै हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो क्वालिफायर खेलमा जित निकाल्दै मुम्बई ईन्डियन्स प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।