शुक्रबार, साउन २२, २०८३

‘बाँदरको हातमा नरिवल झैं भएको छ संविधान’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले संविधानमा थिचोमिचो गरि मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्।

नेपाली कांग्रेसले बुधबारदेखि सुरु गरेको जागरण अभियानको जनकपुरमा उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले आश्वासन र झुठको पुलिन्दाबाहेक अरु केही गर्न नसकेको सरकार संविधानविपरित हिँडेर दुर्घटना निम्त्याउन खोजेको आरोप लगाए।

‘हजारौं जनताको बलिदान र त्यागपछि मुलुकले लोकतान्त्रिक र गणतन्त्रात्मक संविधान पाएको छ’, पौडेलले भने, ‘तर संविधानविपरित गतिविधि गरिरहेको हेर्दा संविधान ‘बाँदरको हातमा नरिवल’ पुगे झैं भएको छ।’ संघीयताविपरित आचरण देखाइरहेको कम्युनिस्ट सरकारको विकल्प खोज्ने बेला भइसकेको र त्यो विकल्प नेपाली कांग्रेसमात्र हुन सक्ने उनको जिकिर थियो।

नीति तथा कार्यक्रम पेश गर्ने क्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ तर्फ इंगित गर्दै नेता पौडलले सरकारले राजामहाराजाको भाषा प्रयोग गर्न लागेको बताए। ‘राजा महाराजा गइसके। तर सरकार उनीहरुकै भाषा प्रयोग गर्नुकासाथै सुविधा भोग गर्न व्यस्त छ’, पौडेलले भने, ‘सरकारले राष्ट्रपतिलाई महारानी बनाउन खोज्दै छ, नेपाली जनतालाई यस्ता कुरा सह्य छैन।’

केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतको सर्वोच्चतामाथि खेलवाड गरिरहेको बताउँदै उनले न्यायपालिकालाई कुन्ठित गर्नतर्फ सरकार उद्दत रहेको आरोप लगाए। वाइडबडी, बुढीगण्डकीजस्ता भ्रष्टाचार लुकाउन प्रधानमन्त्री ओलीले आसेपासेलाई नियुक्त गरेको आरोप लगाउँदै पौडेलले पैसाको बलमा सत्ता कब्जा गर्न खोजिएको बताए।

वाम एकताबारे टिप्पणी गर्दै पौडेलले दुईटा टाउका रहेका दलले मुलुकलाई नेतृत्व दिन नसक्ने दाबी गर्दै धेरै दिनसम्म यो एकता नचल्ने दाबी गरे।  उनले हालै भएको फोरम र नयाँ शक्तिको एकतालाई अप्राकृतिक एकताको संज्ञा दिए। नयाँ शक्ति र फोरममा महत्वाकांक्षीहरुको जमघट रहेकाले जनता झुक्याउनमात्र एकता गरिएको उनको भनाइ थियो। लोकतान्त्रिक सिद्धान्तमाथि भइरहेको आक्रमण र मनी मसलको प्रहार रोक्न कांग्रेसले देशव्यापी रुपमा जागरण अभियान सञ्चालन गरेको उनले बताए।

कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले केपी ओली सरकारले राष्ट्रियतालाई समाप्त पार्दै मुलुकलाई भूगोल र जातिको नाममा विभाजन गरेको आरोप लगाए। सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै केसीले भ्रष्टाचारको केन्द्र सिंहदरबार र नाइके केपी ओली रहेको दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।