शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड भन्छन् : ‘जनतामा उत्साह र भरोसा ल्याउने बजेट आउँछ’

प्रचण्ड भन्छन् : ‘जनतामा उत्साह र भरोसा ल्याउने बजेट आउँछ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस पटकको बजेटले जनतामा उत्साह र भरोस ल्याउने दाबी गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘हामी विगतमा भएका काम र कार्यक्रमलाई समीक्षा गर्छौं र यसपटक जनतामा आसा र भरोसा ल्याउने बजेट ल्याउँछौं’, उनले भने। 

पार्टी नेतृत्वसँग अवसरसँगै चुनौती रहेको दाबी गर्दै उनले भने, ‘दुई ठुला पार्टीबीच एकता नहोस भनेर केही तत्वहरु लागेका थिए, अहिले पनि तिनीहरु सक्रिय छन्। त्यसकारण हामीसँग चुनौतीको चाङ छ, तर हामी पन्छाएर अगाडि बढ्छौं।’ 

दाहालले २०१९ साल देखि बिभाजनको श्रृङ्खला सुरु भएको नेकपाको गत बर्षको जेठ ३ गते आएर एकता  सुरु भएको बताए। प्रचण्डले केही दिन भित्रै एकीकरणका काम सबै सकिने गरी गृहकार्य भइरहेको र पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्य बिभाजन अन्तिम चरणमा पुगेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।