शुक्रबार, साउन २२, २०८३

'ओली सत्ता कब्जा गर्न खोज्दैछन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काभ्रे – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको दुरुपयोग गर्दै सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को बुधबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन्। उनले भने,‘सरकार गठन भए यताको ओलीको बोली र व्यवहार हेर्दा सत्ता कब्जा गर्न खोजेको देखिन्छ।’

राज्य स्रोत र साधनको व्यापक दुरुपयोग भएको, संवैधानिक निकायलाई राजनीतिक प्रभावमा राख्न खोजिएको, न्यायालयलाई राजनीतिक छाँयामा राख्न खोजिएको, सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप बढेको, कर्मचारीतन्त्रमा राजनीतिकरण हावी भएको कोइरालाले बताए।
 
उनले राज्यकब्जाका संकेतहरु विस्तारै देखिन थालेको बताउँदै भने, 'हिजो संसदमा प्रधानमन्त्रीले दखाएको दम्भपनि त्यस्कै सिलसिला हो।' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।