शुक्रबार, साउन २२, २०८३

ढिलासुस्ती गर्ने ठेकेदारलाई अब कारबाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज – सार्वजनिक भौतिक पूर्वाधारको निर्माण गर्न ठेक्का लिएर वर्षौसम्म काम नगर्ने ठेकेदारलाई स्थानीय प्रशासनले धमाधम पक्राउ गर्न थालेको छ।

हुलाकी राजमार्गको तिलावे नदीमा पुल निर्माणको काम ठेक्का लिएकोमा सम्झौता अवधि नाघिसक्दासमेत विभिन्न बहानाबाजी गरेर आलटाल गरिरहेको पप्पु कन्स्ट्रक्सनका इन्जिनियर सन्तोष साह र चौरसिया निर्माण सेवाका संचालक धिरज चौरसियालाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार ठेकेदारको लापरवाहीका कारण लामो समयदेखि अलपत्र रहेका ३८ वटा सार्वजनिक पूर्वाधार निर्माण कार्य तत्काल सुरु गर्न निर्माण व्यवसायीलाई चेतावनी दिइएको छ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कार्ययोजना सहित काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्ने निर्माण व्यवसायीलाई मोहलत दिने र अटेर गरेमा सार्वजनिक खरिद ऐन अन्तर्गत कारवाही सुरु गर्ने बताए।

जिल्ला प्रशासनले वर्षौदेखि निर्माण कार्य अधुरो छोडेका ठेकेदारको सूची तयार पारेर पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। जिल्ला प्रशासनले गत साता पप्पु कन्स्ट्रक्सन र चौरसिया निर्माण सेवाका प्रतिनिधिलाई एक रात प्रहरी हिरासतमा राखेर चेतावनी सहित मुक्त गरेको थियो।

पर्सा जिल्लामा आधा दर्जन भन्दा बढी सार्वजनिक पूर्वाधार निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले अधिकांश निर्माण कार्य अधुरो रहेको छ। पर्सागढी नगरपालिका वडा ८ एकटाङ्गको थरुहट सडक जोड्ने तिलावे नदीको पुल अझैसम्म पिलर समेत निर्माण गरेको छैन। ५ करोड रुपैयाँ लागतमा तीनवर्ष भित्र सम्पन्न गर्नुपर्ने भएपनि सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा समेत काम सम्पन्न नभएको हो।

निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रमाकान्त चौरसियाले सार्वजनिक खरिद ऐन अन्तर्गत नेपाल सरकारसँग सम्झौता गरेका निर्माण व्यवसायीलाई सिडिओले थुन्न नमिल्ने बताए। उनले भने, ‘अहिले प्रशासनको सकृयतापछि निर्माण व्यवसायी सकृय भएका छन्। तर, सम्पन्न भइसकेको कामको भुक्तानी नपाएको कारण पनि केही व्यवसायीले बाँकी काम गर्न नसकेको अवस्था छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।