जनकपुरधाम- धनुषामा अढाई वर्षीय एक बालकको घाँटी रेटेर हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका– ६ बस्ने शम्भु साहको साढे दुई वर्षका छोरा आर्यन साहको घाँटी रेटेर हत्या भएको हो ।
सोमबार साँझ करिब साढे पाँच बजेदेखि वेपत्ता रहेका आर्यन मंगलबार बिहान आफ्नै घर पछाडी मृतअवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घर अगाडि खेलिरहेका आर्यन अचानक वेपत्ता भएपछि आफन्त र प्रहरीले समेत खोजतलास गरेका थिए ।
राती करिब एकबजेसम्म आफन्त र प्रहरीले आर्यनको खोजी गरेको प्रहरीले जनाएको छ । मंगलबार बिहान आर्यनका हजुरआमाले मृतअवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेको थियो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४