बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले संसदमा जवाफ दिने, आजै नीति तथा कार्यक्रम पारित गरिने

प्रधानमन्त्रीले संसदमा जवाफ दिने, आजै नीति तथा कार्यक्रम पारित गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज दिने भएका छन् । बिहान ११ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिन लागेका हुन् ।

आजै निती तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी छ । प्रधानमन्त्रीले जवाफ दिएलगतै नीति तथा कार्यक्रम पारित गर्नका लागि सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सर्वसहमती नभए भोटिङका आधारमा आजै नीति तथा कार्यक्रम पारित गराउने सरकारको योजना छ । संसद्मा सरकारलाई दुई तिहाइ सदस्यको समर्थन छ । यसकारण भोटिङ नै भएपनि सहजै नीति तथा कार्यक्रम पारित हुने देखिएको छ ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति विपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध गर्दै आएको छ । कुनै ठोस योजना र रणनीति नल्याइएको, निबन्ध जस्तो नीति तथा कार्यक्रम भएको भन्दै कांग्रेसका नेताहरुले आलोचना गरेका छन् । सत्तारुढ नेकपाकै केहि सांसदले पनि नीति तथा कार्यक्रम प्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेकै कारण पनि विवादमा तानिएको थियो । आज यसका विषयमा पनि प्रधानमन्त्री ओलीले जवाफ दिने भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।