बिहीबार, साउन २१, २०८३

कुटपिटको बिरोधमा कैलालीका पत्रकार आन्दोलित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – ब्यापारीबाट पत्रकारमाथि भएको कुटपिटको बिरोधमा कैलालीका पत्रकार आन्दोलित भएका छन्। स्वतन्त्र रुपमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। 

आइतबार धनगढीका पत्रकार जनक विष्टमाथि सार्वजनिक ठाउँमा नै ब्यापारिले कुटपीट गरेपछि कैलालीका पत्रकारले जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार दिउँसो धर्ना दिएका छन्। विष्टलाई धनगढीको त्रिनगर माध्यामिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा बाहिरबाट आएका ब्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका थिए।

प्रेस माथिको आक्रमण बन्द गर, पत्रकारलाई कुटनेलाई कार्यवाही गर, प्रेस स्वतन्त्राको ग्याण्टी गरलगाएतका नारा लगाउँदै धनगढी पार्कमोडबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन कार्यालय कैलालीमा पुगेर धर्नामा परिणत भएको थियो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमको नेतृत्वमा विरोध प्रदर्शन भएको छ। केन्द्रीय सदस्य बमले प्रेसमाथि भएको आक्रमणले गर्दा काम गर्ने वातावरण खलबलिएको भन्दै प्रशासनले अपराधिलाई कानुनी कार्यावाही गर्नुपर्ने बताएका छन्। कैलालीमा पत्रकारमाथि श्रंखृलावद्ध आक्रमण भएकाले राज्यले सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने उनले बताए। 

पत्रकार विष्टलाई कुट्ने तेजेन्द्र थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। धर्नापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पत्रकारको सुरक्षाको लागि राज्य गम्भीर भएको बताए। उनले प्रेसमाथि आक्रमण गर्ने जोसुकै भएपनि कानुनअनुसार कार्यवाही हुने विश्वास व्यक्त गरे। 

यस्तै कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले पत्रकार कुट्ने थापामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता भैसकेको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।