बिहीबार, साउन २१, २०८३

कांग्रेस–नेकपा बेत बसेका गाई हुन् : बाबुराम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नवगठित समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस–नेकपा बेत बसेका गाईजस्तै भएकाले अब तिनलाई छाडेर आफ्नो पार्टीमा समाहित हुन आमजनतालाई आग्रह गरेका छन् । समाजवादी पार्टी घोषणा समारोहमा सम्बोधन गर्दै उनले अब नयाँ भिजनसहितको राजनीतिक दल नभई मुलुकमा आर्थिक एवम् सामाजिक विकास सम्भव हुन नसक्ने बताए । उनले भने, ‘जसरी बेत बसेका गाईले दूध दिँदैन, त्यसरी नै कांग्रेसमा लागेर समय बरबाद नगर्न आग्रह गर्दछु ।’

उनले केही निश्चित व्यक्तिलाई धनी बनाउन गणतन्त्र आएको नभई सबै जनतालाई खुसी र सुखी तुल्याउन गणतन्त्र आएको बताए । पार्टीले दलित, जनजाति, लिंग, वर्ण आदिका आधारलाई समावेशी रुपमा राज्यका मूल अंगहरूमा सहभागिता गराउँदै जाने बताए ।

को को छन् सामाजवादी पार्टीमा ?

पार्टीको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषदका अध्यक्षमा डा।बाबुराम भराई छन्।  यस्तै वरिष्ठ नेतामा अशोक राई तथा पार्टीको सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्। 

उपाध्यक्षमा ८ जनालाई राखिएको छ।  उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेको पार्टीले जनाएको छ। यस्तै ३ जना महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कंङदङ्वा, रामसहायप्रसाद यादव छन्। तीन उपमहाचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी छन्। पार्टीको सचिवमा संघीय सरकारका वर्तमान सहरी विकास मन्त्री मोहम्दम इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह गरी ४ जना छन्। 

कोषाध्यक्षमा प्रदेश नम्बर २ का अर्थ मन्त्री विजय यादवले जिम्मेवारी पाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।